छोरीमा गरिने लगानी समाज सुदुढ पार्छ : राष्ट्रपति भण्डारी
वीरगञ्ज, फागुन ९ : राष्ट्रपति विद्यादेवी भण्डारीले छोरीका लागि गरिने लगानीलाई अनावश्यक आर्थिक भारका रुपमा लिने सोच गलत रहेको बताएकी छन् ।
प्रदेश नं. २ सरका....

वीरगञ्ज, फागुन ९ : राष्ट्रपति विद्यादेवी भण्डारीले छोरीका लागि गरिने लगानीलाई अनावश्यक आर्थिक भारका रुपमा लिने सोच गलत रहेको बताएकी छन् ।
प्रदेश नं. २ सरकारले वीरगञ्जमा आयोजना गरेको मुख्यमन्त्री ‘बेटी पढाऊँ, बेटी बचाऊँ’ अभियानमा बोल्दै राष्ट्रपति भण्डारीले महिलालाई शिक्षा, स्वास्थ्य र रोजगारीलाई सामान अवसर दिनुपर्नेमा जोड दिइन् ।
‘बेटी पढाऊँ, बेटी बचाऊँ’ अभियान अन्तर्गत ‘छोरी शिक्षा बीमा मुद्दती बचत खाता’ समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले बेटी नपढाई बालविवाह गराउनाले महिलालाई मात्र नभई सिंगो परिवार र समाजलाई नकारात्मक असर पारिरहेको बताइन् ।
दाइजोजस्ता कुरीतिको नाममा महिला प्रताडित हुनु आजको आधुनिक युगमा सुहाउँदो काम नहुने भन्दै उच्च प्रतिष्ठा र समाजको मानमर्दनलाई आत्मसाथ गर्दै अभियान पूर्ण सफलताका साथ सम्पन्न गर्न शुभकामना दिइन् । ‘सामाजिक व्यवहारमा रीतिथितिको नाममा छोरी, बुहारीप्रति हुने भेद्भावले हाम्रो ममता र मानवीय सम्वेदनालाई समेत कठोर बनाउने गरेको छ’, उनले भनिन् ।
महिलाप्रति हुने हिसां असहनीय पीडाको विषय बनि रहेको भन्दै महिला सुरक्षा सुदृढ तुल्याउँदै हरेक व्यक्तिले प्रतिष्ठित जीवन विताउनुपर्ने सुरक्षित समाज निर्माणतर्फ अग्रसर हुनुपर्ने बताएकी थिईन् ।
प्राकृतिक स्रोतको दिगो उपयोग र सम्पदाको सदुपयोग गर्न सबै नेपाली प्रतिबद्ध हुनुपर्ने भन्दै बाढी, डुबान, नदीकटान लगायत अन्य प्राकृतिक प्रकोपबाट जनधनको क्षति हुन नदिन समयमा सम्बन्धित पक्षले सचेत हुनुपर्ने पनि बताइन् । वातावरणीय सन्तुलन कायम राख्न चुरे संरक्षण कार्यक्रमलाई पनि सुदृढ पार्न उनले आह्वान समेत गरिन् ।
कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउत गद्दीले छोराछोरीलाई सामान व्यवहार गर्ने मुलुक प्रगतिको पथमा रहेको उदाहरण प्रस्तुत गर्दै प्रदेश २ मा खास गरेर छोराछोरीप्रति भेदभाव गर्ने परम्परालाई जरादेखि उखेल्ने बताए । राउतले विभेदलाई अन्त्य गर्दै छोरी जन्मेपछि प्रदेश सरकारले गरिदिने एक लाख रुपैयाँको बीमाबाट छोरीले शिक्षा हासिल गर्न सक्ने बताए । ‘२० वर्षपछि प्रदेश सरकारको तर्फबाट पाएको १ लाख बैंकबाट आउने र २५ हजारले छोरीलाई थप अध्ययन र जीवनयापन गर्न सहज हुनेछ’, मुख्यमन्त्रीले विश्वास व्यक्त गरे ।
मुख्यमन्त्री राउतले भने, ‘छोरीलाई शिक्षित बनाउने प्रदेश सरकारले बीमा कार्यक्रम मात्रै सञ्चालन नगरी सामुदायिक विद्यालयमा पढ्ने छात्राहरूलाई साइकल वितरण गर्ने, सामुदायिक विद्यालयमा शौचालय निर्माण गर्ने लगायतका योजनाहरु ल्याएको छ, जसबाट छोरीको शैक्षिक स्तर बढाउन मद्दत पुग्नेछ ।’
कार्यक्रममा माघ १ गतेदेखि हालसम्म जन्मेका प्रदेशभित्रका आठ जिल्लाका आठ स्थानीय तहका १४ जना बालिकालाई बीमास्वरुप चेक हस्तान्तरण गरिएको थियो । प्रदेश सरकारले प्रदेशकै सम्पूर्ण जिल्लाबाट एस.ई.ई. परीक्षामा जिल्ला प्रथम, दोश्रो र तेश्रो हुने २५ जना छात्राहरुलाई सम्मान पनि गरिएकोे थियो ।
प्रदेशभित्रका आठ स्थानीय तहबाट शुरु गरिएको बीमा कार्यक्रम माघको मसान्तपछि सम्पूर्ण निकायमा लागु गर्ने प्रदेश सरकारको योजना छ ।



-1765194974.jpg)







-(86)-1764936079.jpg)
