Kathmandu Press

इन्दुशंकर चिनी उद्योगले गर्‍यो ५० करोड भुक्तानी

सर्लाही, फागुन २२ : हरिवनमा रहेको इन्दुशङ्कर चिनी उद्योग लिमिटेडले क्रसिङका बेला किसानबाट खरिद गरेको उखुको भुक्तानी दिन थालेको छ।

गत पु....

इन्दुशंकर चिनी उद्योगले गर्‍यो ५० करोड भुक्तानी

सर्लाही, फागुन २२ : हरिवनमा रहेको इन्दुशङ्कर चिनी उद्योग लिमिटेडले क्रसिङका बेला किसानबाट खरिद गरेको उखुको भुक्तानी दिन थालेको छ।

गत पुस ११ गतेदेखि सञ्चालनमा आएको उद्योगले हालसम्म ५० करोड रुपैयाँ भुक्तानी गरेको उद्योगका प्रबन्धक योगनारायण रजकले जानकारी दिए।

Hardik ivf

उनका अनुसार पहिलो चरणमा गत पुस ११ देखि माघ १० गतेसम्म किसानबाट खरिद गरेको उखुको भुक्तानी गरिएको हो। जिल्लाकै सबैभन्दा ठूलो चिनी उद्योग इन्दुशङ्करले हालसम्म २४ लाख ४८ हजार क्विन्टल उखु क्रसिङ गरिसकेको उद्योगले जनाएको छ। उद्योगले यस वर्ष ३५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिए पनि पर्याप्त उखु नआएकाले लक्ष्य पूरा नहुने देखिएको प्रशासकीय अधिकृत ठाकुरप्रसाद नेपालले बताए।

जिल्लामा रहेका तीन चिनी उद्योगमध्ये इन्दुशङ्कर चिनी उद्योग लिमिटेड र महालक्ष्मी चिनी उद्योग बगदह सञ्चालनमा छन्। किसानबाट अघिल्ला वर्षमा खरिद गरेको उखुको भुक्तानी दिन नसकेको अन्नपूर्ण चिनी उद्योग धनकौल भने अहिले पनि बन्द अवस्थामा छ।

नेपाल सरकारले दिने अनुदान बापतको ६५ दशमलव २८ का दरले उखु किसानले पाउनुपर्ने रकम कोष तथा लेखा नियन्त्रण कार्यालयमा पठाइसकेको छ। उखु उत्पादन गरेको जग्गाको विवरण प्रमाणित भएपछि अनुदान बापतको रकम किसानलाई वितरण शुरु गरिने कोलेनिका मलङ्गवाका प्रमुख जगत थपलियाले बताए। सरकारले किसानले उखु उत्पादन गरेको जग्गाको विवरण प्रमाणित गरिदिन सबै स्थानीय तहलाई आग्रह गरेको छ।

प्रकाशित मिति: १५:१० बजे, बिहीबार, फागुन २२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्