स्काइभेटरको ठक्करबाट बालिकाको मृत्यु
सप्तरी फागुन २२ : सप्तरीको राजगढ गाउँपालिका– ५ मलेखपुरमा स्काइभेटरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा भारतको बङ्गाल खरिजाबाग बथ....

सप्तरी फागुन २२ : सप्तरीको राजगढ गाउँपालिका– ५ मलेखपुरमा स्काइभेटरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा भारतको बङ्गाल खरिजाबाग बथरी ग्राम घर भएका इरसाद अलीकी १५ वर्षीया छोरी अलमिनिया खातुन रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायक उपरीक्षक तिलक भारतीले बताए।
बालिकाका बुबा एमआरडी इँटा उद्योगमा काम गर्दै आएका थिए। सोही इँटा उद्योगमा काम गर्ने नम्बर नखुलेको स्काभेटरले बालिकालाई ठक्कर दिएको थियो। ठक्करबाट घाइते बालिकालाई उपचारका लागि राजविराजस्थित गजेन्द्र नारायणसिंह अस्पताल ल्याउँदै गर्दा बीच बाटोमा नै मृत्यु भएका प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १२:३६ बजे, बिहीबार, फागुन २२, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











