ढाकामा आगलागीहुँदा ७० को मृत्यु
कठमाडौं, फागुन ९ : बंगलादेशको राजधानी ढाकाको ऐतिहासिक र व्यस्त क्षेत्रमा आगलागीहुँदा ७० जनाको मृत्यु भएको छ । बुधबार राति भएको आगलागीमा कयौं घाइते भएक....

कठमाडौं, फागुन ९ : बंगलादेशको राजधानी ढाकाको ऐतिहासिक र व्यस्त क्षेत्रमा आगलागीहुँदा ७० जनाको मृत्यु भएको छ । बुधबार राति भएको आगलागीमा कयौं घाइते भएका छन् ।
प्रज्वलशील रसायन राखिएको भवनबाट शुरु भएको आगो नजिकैका घरहरूमा फैलिएको थियो । आगो लागेको क्षेत्र चोकबजार चार सय वर्ष पुरानो घनावस्तीको क्षेत्र हो ।
घनाबस्ती भएको र साघुँरा सडकका कारण अग्नी नियन्त्रकहरूलाई घटनास्थल पुग्न समय लागेको समाचारमाध्यमले जनाएका छन् ।
बंंगलादेशमा भवनहरूको सुरक्षाको दृष्टिकोणले सुरक्षित मानिदैनन् । बंगलादेशका अव्यवस्थित शहरहरूमा आगलागी र भवन भत्किएर मानिसहरूले ज्यान गुमाउने क्रम तुलनात्मक रुपमा बढी छ ।
प्रकाशित मिति: १३:४६ बजे, बिहीबार, फागुन ९, २०७५
प्रतिक्रिया दिनुहोस्
थप समाचार












