सुनचाँदीको मूल्य स्थिर

काठमाडौं, मंसिर ३ : नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ।
गत शुक्रबार एक लाख १५ हजार ५ सय मा कारोबार भएको छापावाल सुन आज पनि सोही मूल्यमा कारोबार भईरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै, तेजावी सुन एक लाख १४ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला एक हजार ४ सय ५० रुपैयाँ तोकिएको छ।
तिहार बिदाको अघिल्लो दिनसम्म छापावाल सुनको मूल्य एक लाख १३ हजार २ सय रुपैयाँ कायम भएको थियो।
प्रकाशित मिति: १२:५२ बजे, आइतबार, मंसिर ३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












