Kathmandu Press

‘उर्लाबारी आगलागीका घाइतेको उपचारमा सरकारले आवश्यक सहयोग गर्छ’

‘उर्लाबारी आगलागीका घाइतेको उपचारमा सरकारले आवश्यक सहयोग गर्छ’

काठमाडौं, मंसिर १ : यूवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले मोरङको उर्लाबारीमा भएको आगलागीमा परी घाइते भएकाहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। 

शुक्रबार किर्तिपुरस्थित वर्न रेन्टरमा पुगेर खेलकदमन्त्री लिम्बुले घाइते भएका २५ जनाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्। 
निरिक्षणपछि संचारकर्मीसँग मन्त्री लिम्बुले, बिरामीहरुको उपचारमा सरकारले सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाए। 

Hardik ivf

उनले भने, ‘जहाँ सम्म उपचारको कुरा छ। सरकारले केहि कमि कमजोरी नगरी सबैको जिवन रक्षाको निम्ति जति प्रयास गर्नुपर्छ सरकारले गर्छ। विश्वास दिलाउन चाहान्छु सबै सकुशल फर्किने छन्।’

उनले बिरामी निको भएर फर्केर आईसकेपछि दीर्घकालीन असर पुगेको कुरामा पनि सोच्ने भन्दै भने, ‘दिर्घकालिन रुपमा के गर्ने भन्ने कुरामा बिरामी निको भएर फर्केर आईसकेपछि के गर्ने भन्ने कुरामा छलफल गर्ने छौं। बिरामीको उपचारमा हाम्रो पहिलो ध्यान जाने छ।’ 

प्रकाशित मिति: १५:०१ बजे, शुक्रबार, मंसिर १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्