Kathmandu Press

भक्तपुर सडकमा ‘राडार गन’ जडान

भक्तपुर, फागुन १९ : तीव्र गतिमा सवारीसाधन चलाउँदा हुने दुर्घटनालाई कम गर्ने उद्देश्यले महानगरीय प्रहरी परिसरले अरनिको राजमार्ग खण्डअन्तर्गत भक्तपुर खण....

भक्तपुर सडकमा ‘राडार गन’ जडान

भक्तपुर, फागुन १९ : तीव्र गतिमा सवारीसाधन चलाउँदा हुने दुर्घटनालाई कम गर्ने उद्देश्यले महानगरीय प्रहरी परिसरले अरनिको राजमार्ग खण्डअन्तर्गत भक्तपुर खण्डमा दुईवटा अत्याधुनिक ‘राडान गन’ जडान गरेको छ। विकसित देशमा सडकमा सवारीसाधनको गति नाप्न प्रयोग हुने यस प्रकारको उपकरण नेपालमा पहिलोपटक भक्तपुरको सडकमा जडान गरिएको हो। 

महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक सबिन प्रधानले सडकमा सवारीसाधानको गति नाप्ने उपकरण नेपालमै पहिलोपटक जडान गरिएको जानकारी दिए। साँगादेखि लोकन्थलीसम्म चल्ने सवारीसाधनको गति नाप्ने अत्याधुनिक उपकरण जडान गरेको उनले बताए।

Hardik ivf

'रजिस्ट्रेशन प्लेट रिकगनाइजेशन क्याम’ नामको सिसी क्यामरासहितको उपकरणले सवारीसाधनको २०० भन्दा माथि सम्मको गति मापन गर्न सक्छ।  यसले सडकमा कुन समयमा कति वटा, कस्तो रङको, कुन नम्बरको, कति स्पिडमा र कुन समयमा गाडी गुड्यो, गाडी कुन पोजिशनमा गुडेको थियो भन्ने सम्मको एच डी क्वालिटीको भिडियो रेकर्ड राख्छ', उनले भने, 'यो क्यामरा सबै सडकमा राख्ने हो भने नेपालको ट्राफिक व्यवस्थापनमा सहज आउने मात्रै नभई कसैले पनि नियम उल्लङ्घन गर्नै सक्दैन, गल्ती गर्नेले कारवाही भोग्नै पर्ने अवस्था आउँछ।'

सूर्यविनायक नगरपालिकाको करिब १० लाख रुपैयाँ र अन्यको सहयोगमा ल्याइएको दुईवटा क्यामरालाई महानगरीय प्रहरी परिषरको कन्ट्रोल कक्षमा जडान गरी हेर्न सकिने व्यवस्था गरिएको छ। मेसिनबाट रातिको समयमा समेत सबै दृश्यहरु लिन सक्ने भएकाले तीव्र गतिमा आएका, दुर्घटना गराएर फरार रहेका कोही पनि कारवाहीबाट बच्न नसक्ने उनले बताए। 

हाल उक्त सडकखण्डमा प्रतिघण्टा ५० किलोमिटर गतिमा मात्रै सवारीसाधन चलाउन पाउने नियम छ। 

प्रकाशित मिति: १६:५३ बजे, सोमबार, फागुन १९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्