Kathmandu Press

चार वर्षदेखि वन्द कोरला नाका खुल्यो

मुस्ताङका स्थानियले पटक पटक नाका खोल्न सरकारसँग आग्रह गर्दै आएका थिए।
चार वर्षदेखि वन्द कोरला नाका खुल्यो

काठमाडौं, २७ कात्तिक : चार बर्षदेखि वन्द रहेको नेपाल–चीनविचको कोरला नाका सोमबारदेखि खुलेको छ। मुस्ताङस्थित कोरला नाका २०७६ देखि बन्द थियो।

कोरोना सङ्क्रमणपछि नाका बन्द गरिएको थियो। मुस्ताङका स्थानियले पटक पटक नाका खोल्न सरकारसँग आग्रह गर्दै आएका थिए।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीन भ्रमणमा गएका बेला नाका खोल्ने सहमति भएको थियो।

सरकारले नाका जोडिएका मुस्ताङस्थित पालिकाका नागरिकलाई ओहोरदोहोर गर्न पास समेत वितरण गरेको छ । कोभिडपछि सामान आयात निर्यात बन्द थियो।

 

प्रकाशित मिति: १५:३० बजे, सोमबार, कात्तिक २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्