नरहरि आचार्यको ‘गणतन्त्रको यात्रा’ आउँदै
काठमाडौं, फागुन ९ : नेपाली कांग्रेसका नेता नरहरि आचार्यले गणतन्त्रको सेरोफेरोलाई समेटेर पुस्तक लेखेका छन् ।
उनले संस्मरणात्मक पुस्तक ‘....

काठमाडौं, फागुन ९ : नेपाली कांग्रेसका नेता नरहरि आचार्यले गणतन्त्रको सेरोफेरोलाई समेटेर पुस्तक लेखेका छन् ।
उनले संस्मरणात्मक पुस्तक ‘गणतन्त्रको यात्राः बन्दी वृतान्त’ लेखेका हुन् । गणतन्त्रका लागि कांग्रेसभित्र र बाहिर वहस शुरुआत गरेका आचार्य राजा ज्ञानेन्द्र शाहको शाही कदमपछि पक्राउ परेका थिए । ०६१ माघ १९ को ‘शाही कू’पछि उनलाई माघ २१ मा पक्राउ गरिएको थियो । त्यतिबेला बरु नेताहरूलाई पक्राउ गरिएको थिएन् ।
त्यसपछि बन्दीजीवनका क्रममा उनले गरेका टिपोटलाई पुस्तकमा रुपमा ल्याउन लागेका हुन । पुस्तकका विषयमा आचार्याले भनेका छन, “यो पुस्तक एक समयको मेरो बन्दी जीवनको वृतान्त हो। म बन्दी रहेको त्यहि कालखण्डले नै नेपालमा गणतन्त्रको आगमनलाई थप सुनिश्चित गर्यो र परिवर्तनको आधार तयार ग¥यो । ...खासगरी गणतन्त्रको यात्रामा म हिंडेको बाटोका प्रसंग र सन्दर्भहरु पुस्तकमा स्मृतिका रुपमा समेटेको छु ।”
यसलाई सांग्रिला बुकले बजारमा ल्याउन लागेको हो । यो ६३८ पृष्ठको रहेको प्रकाशकले जनाएको छ ।
आचार्यको ‘गणतन्त्रको यात्राः बन्दी वृतान्त’ चैत पहिलो साता बजारमा आउने जनाएको छ ।












