Kathmandu Press

विकल्प दिएर मात्र संरचना हटाउन कांग्रेसको माग

झापा, फागुन १९ : नेपाली कांग्रेस झापा, क्षेत्र नं ५ का सभापति ढुण्डीराज भण्डारीले दमक–६ र ७ का सडक आसपासका अव्यवस्थित बसोबासीको घरटहरा नभत्काउन ....

विकल्प दिएर मात्र संरचना हटाउन कांग्रेसको माग

झापा, फागुन १९ : नेपाली कांग्रेस झापा, क्षेत्र नं ५ का सभापति ढुण्डीराज भण्डारीले दमक–६ र ७ का सडक आसपासका अव्यवस्थित बसोबासीको घरटहरा नभत्काउन आग्रह गरेका छन्।

दमक नगरपालिकाले आइतबार पूर्वपश्चिम राजमार्गसहित सरकारी जमीनका अतिक्रमित संरचना हटाउन डोजर प्रयोग गरेपछि उनले  विकल्प दिएर मात्र संरचना हटाउन माग गरेका हुन्।

Hardik ivf

सञ्चारकर्मीहरुसँग सोमबार कुराकानी गर्दै सभापति भण्डारीले आफ्नो पार्टी विकास विरोधि नभएको बताए।  अतिक्रमित संरचना हटाउने कार्य नरोकिने सडक व्यवस्थापन तथा शहरी सुदृढीकरण समितिका संयोजकसमेत रहेका दमक– २ का वडाध्यक्ष प्रजापति सापकोटाले स्पष्ट पारे।

यसैबीच स्थानीय पशुहाट बजारको दक्षिण सडकको जमीनमा बस्दै आएका सात घरपरिवारले नगरपालिकाबाट जबर्जस्ती संरचना भत्काउने कार्य भएको भन्दै पहिले क्षतिपूर्ति दिन माग गरेका छन्। आफूहरु वषौदेखि त्यहाँ बस्दै आएका भन्दै उनीहरुले विकासको नाममा अवरोध नरहने स्पष्ट पारेका छन्। 

प्रकाशित मिति: १४:०५ बजे, सोमबार, फागुन १९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्