Kathmandu Press

भूकम्पमा परी घाइते भएका एकजनाकाे मृत्यु, मृतकको सङ्ख्या १५४ पुग्याे

भूकम्पमा परी मृत्यु हुने १५४ मा रुकुम पश्चिममा ५३ र जाजरकोटमा १०१ जना छन् ।
भूकम्पमा परी घाइते भएका एकजनाकाे मृत्यु, मृतकको सङ्ख्या १५४ पुग्याे

त्रिवेणी (रुकुम पश्चिम), कात्तिक २४ : यही कात्तिक १७ गते राति जाजरकोट रामीडाँडा केन्द्रबिन्दु  बनाएर  गएको ६ दशमलव ४ रेक्टर स्केलको  भूकम्पमा परी  घाइते भएका एकजनाको मृत्यु भएको छ।

रूकुम पश्चिमकाे चौरजहारी नगरपालिकामा कार्यरत २३ वर्षीय  नगर प्रहरी  निरोज विष्टको उपचारका क्रममा मृत्यु भएको हो।

Hardik ivf

सुर्खेतको  कालागाउँस्थित प्रादेशिक अस्पताल आज बिहान ९ बजे उनको  मृत्यु भएको रुकुम पश्चिम जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक धर्मेद्र खड्काले जानकारी दिए। 

मृतक विष्ट चौरजहारी नगरपालिका–१ निवासी हुन्। योसँगै भूकम्पमा परी मृत्यु हुने संख्या १५४ पुगेको छ। जसमा रुकुम पश्चिममा ५३ र जाजरकोटमा १०१ जनाको मृत्यु भएको छ ।

वडा ८ को गोइरी जिउलामा ढुङ्गा, गिट्टी तथा बालुवा नियन्त्रणमा खटिनुभएका बिष्ट भूकम्प आएपछि त्यहाँ उद्धारका लागि  मोटरसाइकलमा जाँदै गर्दा बाटोमा माथिबाट खसेको पहिरोले टाउकोमा लाग्दा सख्त घाइते भएका थिए।

 

प्रकाशित मिति: १२:२४ बजे, शुक्रबार, कात्तिक २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्