Kathmandu Press

सरकारका बिरुद्ध नेबिसंघ तनहुँद्वारा बिभिन्न क्याम्पसमा प्रदर्शन 

काठमाडौं, फागुन १९ : नेपाली काँग्रेसको भातृ संगठन नेपाल बिधार्थी संघले देशब्यापी सरकार बिरुद्ध प्रदर्शन गरिरहेको छ । यसैबीच नेबिसंघ तनहुँले ....

सरकारका बिरुद्ध नेबिसंघ तनहुँद्वारा बिभिन्न क्याम्पसमा प्रदर्शन 

काठमाडौं, फागुन १९ : नेपाली काँग्रेसको भातृ संगठन नेपाल बिधार्थी संघले देशब्यापी सरकार बिरुद्ध प्रदर्शन गरिरहेको छ । यसैबीच नेबिसंघ तनहुँले पनि आईतबार जिल्लाका बिभिन्न क्याम्पसमा प्रदर्शन सहित र्‍याली निकालेको छ ।

पुस्तकमा लगाएको कर, स्वबियु निर्बाचनको बाताबरण बनाई मिति घोषणा गर्न ,इन्धनमा गरिएको मुल्यवृद्धि र पूर्व सञ्चारमन्त्रीमाथी छानबिन लगायतका माग राखी नेसिसंघ तनहुँका अध्यक्ष चुणामणी खनालको नेतृत्वमा बिरोध प्रदर्शन गरिएको हो । जनज्योती क्याम्पस भिमाद, भानुभक्त क्याम्पस बेलचौतारा र आदिकवि भानुभक्त क्याम्पस दमौली लगाएतका क्याम्पसमा नाराबाजीसहित प्रदर्शन गरिएको थियो ।

Hardik ivf

र्‍यालीमा सहभागीहरुले पुस्तकमा लगाएको मुल्य वृद्धि फिर्ता गर, केक काट्न पाइन्छ देश काट्न पाइदैन , इन्धनको  मुल्य बढाउन पाइदैन, निर्मलाको हत्यारालाइ सार्बजनिक गर, भ्रष्टाचारी लाई कारबाही गर, बहिरो सरकार मुर्दावाद, सरकारी हस्तक्षेप बन्द गर , न्यायको अधिकार सुनिश्चित गर जस्ता नारा लगाएका थिए । कोण सभालाई सम्बोधन गर्दै नेबिसंघ तनहुँका अध्यक्ष खनालले  शिक्षाको मुलआधार पुस्तक मै कर लगाउनाले बिद्यार्थीहरुलाई पढाई लेखाइमा प्रत्येक्ष असर पर्ने बताए । बर्तमान सरकारले दोषीलाई कारबाही गर्नुको सट्टा ढाकछोप गरेको उनको आरोप थियो ।

कोणसभालाई सम्बोधन गर्दै स्वतन्त्र बिद्यार्थी युनियन जनज्योती क्याम्पसका सभापति सुनिल श्रेष्ठ, ट्रेड युनियन शुक्लागण्डकीका सभापति नारायण पोखरेल, तरुण दल शुक्लागण्डकीका सचिब ईश्वर श्रेष्ठ, तरुण नेता अरबिन्द श्रेष्ठ, नेबिसंघ जनज्योती क्याम्पसका अध्यक्ष बिनोद पराजुली र नेबि संघ जिल्ला सदस्य सुरज लम्साल लगायतले नेबिसंघ बिद्यार्थीको हक हितको लागि मात्र सिमित नभई अन्याय अत्याचार विरुद्ध सदैव आवाज उठाउन तयार रहने प्रतिबद्धता जनाएका थिए । 

प्रकाशित मिति: ०७:४२ बजे, सोमबार, फागुन १९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्