त्रिभुवन विमानस्थलमा अब सबै यात्रुको स्वास्थ्य परीक्षण
काठमाडौं, फागुन १९ : कोरोना भाइरसको जोखिमलाई ध्यान दिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले आगमनतर्फका सबै यात्रुको स्वास्थ्य परीक्षण गर्न थ....

काठमाडौं, फागुन १९ : कोरोना भाइरसको जोखिमलाई ध्यान दिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले आगमनतर्फका सबै यात्रुको स्वास्थ्य परीक्षण गर्न थालेको छ।
विमानस्थल कार्यालयका अुनसार यसअघि यात्रुहरूको शरीरको तापक्रम जाँच्न ‘थर्मल स्क्यानर’को प्रयोग गरिएको थियो। आइतबारदेखि थर्मल गन प्रयोग गर्न थालिएको छ।
त्यस्तै यात्रुको स्थास्थ्यलाई मध्यनजर गर्दै ‘लिक्विड स्यानीटाइजर एजेन्ट स्प्रे’ पनि प्रयोगमा ल्याइएको छ। विदेशबाट आउने पर्यटक, नेपाली तथा तेस्रो मुलुक जाने ट्रान्जिटका यात्रु सबैले स्वास्थ्य जाँचको डेस्क अनिवार्य पार गर्नुपर्ने व्यवस्था गरिएको विमानस्थलका महानिर्देशक देवेन्द्र केसीले बताए।
त्यस्तै, जहाज काठमाडौं अवतरणका क्रममा अनबोर्डमा रहेका यात्रु तथा आगमन र प्रस्थान कक्षमा अंग्रेजी, चिनियाँ र नेपाली भाषामा जानकारीमूलक सूचना प्रवाह गर्न थालिएको छ।




-1755950009.png)







