Kathmandu Press

भूकम्पबाट जुम्लाका पाँचजना समान्य घाइते, केही घर चर्किए

भूकम्पबाट जुम्लाका पाँचजना समान्य घाइते, केही घर चर्किए

काठमाडौं, कात्तिक १८ : गएरातीको भूकम्पबाट जुम्लामा पनि सामान्य प्रभाव परेको छ। जुम्लाको तातोपानी गाउँपालिका ३ बाहुनवाडा निवासी २६ कि सिर्जना गौतमको हातमा सामान्य चोट र उनका छोरा बर्ष ११ महिनाको आयुष गौतमको पनि आँखामा चोट लागेर सामान्य घाइते भएका छन्।  तातोपानीकै बर्ष १४ का निराजन उपाध्यायको पनि हातमा चोट लागेको छ।

यता  तिला गाउँपालिका ३ दानीवाडा निवासी बर्ष ११ कि सपना थापालाई सामान्य चोट लागेको जुम्लाका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले जानकारी दिएका छन्। 

Hardik ivf

त्यहाँका केही घरहरु पनि भत्किएका र केही चर्किएको विषयमा प्रहरीले तथ्याङ्क संकलन गरिरहेको जिल्ला प्रहरी कार्यालयका जुम्लाका प्रहरी निरीक्षक याम बहादुर बुढा मगरले बताए। उनका अनुसार तातोपानी ४ का हरि बहादुर खत्रीको सुतेको बेला घरको पर्खाल खस्दा उनी भाग्न खोज्दा खुट्टामा चोट लागेको छ। त्यस्तै तिला गा पा वडा न ३, ५ र ९ रहेका केही घरहरु र बिद्यालयहरुका भवनमा चर्केका छन्।

यसैगरी चन्दननाथ नगरपालिका ८ निवासी ४६ वर्षका विष्णु महतको तीन तले टिनले छाएको घरको एउटा कोठा भत्किएको छ भने अरु कोठा चर्किएका छन्। अरु घाइतेहरुको अबस्था सामान्य भएको हुदा घरमै प्रथामिक उपचार गरिएको र १३ महिनाको आयुस गौतमको गाउँपालिकाको स्वास्थ्य चौकीमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। प्रहरीका अनुसार सबै गाउँघर चर्किएको खबर आएको छ।  
 

प्रकाशित मिति: १४:४४ बजे, शनिबार, कात्तिक १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्