Kathmandu Press

असिनाले हिउँदेबाली नोक्सानी  किसान चिन्तित

डोटी, फागुन १८ : जिल्लाको पूर्वीचौकीमा शनिबार साँझ एक्कासी परेको असिनाले खेतबारीमा लगाइएको गहुँ, जौँ, तोरी तथा तरकारी बालीलगायत अन्य बालीमा ठूलो मात्र....

असिनाले हिउँदेबाली नोक्सानी  किसान चिन्तित

डोटी, फागुन १८ : जिल्लाको पूर्वीचौकीमा शनिबार साँझ एक्कासी परेको असिनाले खेतबारीमा लगाइएको गहुँ, जौँ, तोरी तथा तरकारी बालीलगायत अन्य बालीमा ठूलो मात्रामा नोक्सानी पुर्‍याएको छ ।  पूर्वीचौकी गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत  टेकबहादुर खड्काका अनुसार साँझ एकाएक परेको असिनाले गहुँ, जौँ, तोरी र तरकारीबाली पूरै सखाप पार्‍यो । सो गाउँपालिका अध्यक्ष दीर्घराज बोगटीले करिब आधा घण्टा असिना परेको र कति क्षति पुर्‍यायो भन्ने आँकलन नभएको जानकारी दिए।

असिनाले पाकेर भित्र्याउनै लागेको हिउँदे बालीमा नोक्सान गरेपछि किसान चिन्तामा परेका छन् । जिल्लाका लेकाली क्षेत्रमा ती खेतीको भरमा आश्रित किसान असिनापानीले फुलेको तोरी र पाक्नै लागेको गहुँ, जौँखेतीमा क्षति पुर्‍याएपछि निरास भएको स्थानीय भरतबहादुर बोहराले बताए। गतको महिना बाक्लो हिमपातका कारण गहुँ, जौँलागयतका अन्य बाली सप्रिने आशामा खुशी भएका किसान शनिबार परेको असिनाले खाद्यान्न बालीमा क्षति पुर्‍याएपछि निरास भएका उनले बताए। डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले पूर्वीचौकी गाउँपालिकासहित अन्य स्थानमा असिनाले कहाँ के–कति क्षति पुर्‍याएको छ जानकारी लिने काम भइरहेको बताए।

प्रकाशित मिति: ११:१६ बजे, आइतबार, फागुन १८, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्