Kathmandu Press

प्याराग्लाइडिङ दुर्घटना एक जना गम्भीर घाइते

पाेखरा, फागुन १६ : स्याङ्जामा प्याराग्लाइडिङ दुर्घटना हुँदा एक फ्रान्सेली नागरिक गम्भीर घाइते भएका छन्।

३५ वर्षीय फ्रान्सेली नागरिक सिमोन हे....

प्याराग्लाइडिङ दुर्घटना एक जना गम्भीर घाइते
फाइल

पाेखरा, फागुन १६ : स्याङ्जामा प्याराग्लाइडिङ दुर्घटना हुँदा एक फ्रान्सेली नागरिक गम्भीर घाइते भएका छन्।

३५ वर्षीय फ्रान्सेली नागरिक सिमोन हेनरी बोरेईली प्याराग्लाइडिङ अवतरण गर्ने क्रममा दुर्घटनामा परेका वडा प्रहरी कार्यालय वालिङले जनाएको छ । घाइते सिमोनलाई फिस्टेल एयरको हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

भीरकोट नगरपालिका–५, स्वरेक मैदानबाट आफैँ प्याराग्लाइडिङ उडाएका सिमोन वालिङ नगरपालिका–११, डौंवाफाँटमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेका हुन्।

प्रकाशित मिति: ०६:४८ बजे, शुक्रबार, फागुन १६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्