Kathmandu Press

राष्ट्रपतिको भ्रमणमा आज सार्वजनिक बिदा 

बैतडी, फागुन १५ : राष्ट्रपतिको भ्रमणका अवसरमा बैतडीको एक नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको भ्रमण हुने ....

राष्ट्रपतिको भ्रमणमा आज सार्वजनिक बिदा 
Hardik ivf

बैतडी, फागुन १५ : राष्ट्रपतिको भ्रमणका अवसरमा बैतडीको एक नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको भ्रमण हुने भएकाले बैतडीको पाटन नगरपालिकाले आज बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो। नगरकार्यपालिकाको बैठकले राष्ट्रपतिको भ्रमणमा नगरपालिकाले बिहीबार एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको नगर प्रवक्ता लोकबहादुर भण्डारीले जानकारी दिए।

उनले भने, “राष्ट्रपति भण्डारीको स्वागतमा नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।” राष्ट्रपति भण्डारी आजदेखि सुदूरपश्चिमका विभिन्न जिल्लाको भ्रमणमा आउँदै छन्। यसअघि प्रधानमन्त्री केपी शर्मा ओली जन्मदिन मनाउन गत आइतबार तेह्रथुमको आठराई गाउँपालिका जाँदा गाउँपालिकाले सार्वजनिक बिदा दिएको थियो।

प्रकाशित मिति: ०७:१३ बजे, बिहीबार, फागुन १५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्