Kathmandu Press

सुदुरपश्चिम प्रदेश सभामा मिडियामाथि सिण्डिकेट

धनगढी, फागुन ८ : सुदुरपश्चिम प्रदेश सभामा मिडियामाथि सिन्डिकेट लगाइएको छ । केही मिडियाले मात्रै प्रदेश सभामा प्रवेश पाएका छन् ।

बुधबार प्रदे....

सुदुरपश्चिम प्रदेश सभामा मिडियामाथि सिण्डिकेट

धनगढी, फागुन ८ : सुदुरपश्चिम प्रदेश सभामा मिडियामाथि सिन्डिकेट लगाइएको छ । केही मिडियाले मात्रै प्रदेश सभामा प्रवेश पाएका छन् ।

बुधबार प्रदेश सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रेस स्वतन्त्रता तथा वाक स्वतन्त्रता बारे सम्बोधन गरिरहँदा प्रदेश सभाभित्र सिमित मिडियाकर्मीले मात्र प्रवेश पाए । प्रवेश नपाएका मिडियाकर्मीले आक्रोस पोखेका छन् ।

Hardik ivf

नेपाल समयका शिवराज खत्री, सुदुर सन्देश दैनिकका अंकुश कुँवर, हेलो पुनर्वासका सम्पादक रन्जित लामा,आर्थिक दैनिकका सुनिल आउजीलगायतले प्रवेश नपाएका हुन् ।

प्रदेशसभा सचिव बालाराम शर्माले मिडिया पासको जिम्मा संसदीय पत्रकार समितिका अध्यक्ष प्रकाश बिक्रम शाहलाई दिएको बताए । त्यसको व्यवस्था शाहले नै गरेको उनको भनाइ छ ।
समितिका अध्यक्ष शाहले टेलिभिजन, केही छापा मिडिया र केही रेडियोका लागि मात्रै पासको व्यवस्था गरिएको प्रतिक्रिया दिए । उनले अनलाइनलाई प्रदेशसभामा पासको व्यवस्था नगरिएको जिकिर गरे ।

सबैलाई प्रदेश सभामा पास पाउनु पर्ने माग पत्रकारले गरेका छन् । प्रदेश सभा र संसदीय पत्रकार समिति मिलेर सिन्डिकेट लगाएको उनीहरुको आरोप छ ।

 

प्रकाशित मिति: १४:४५ बजे, बुधबार, फागुन ८, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्