‘गली ब्वय’को पाँच दिनको कमाइ ८१ करोड
काठमाडौ., फागुन ८ : रणवीर सिंहको फिल्म ‘गली ब्वय’ले बक्स अफिसमा तहल्का मच्चाएको छ ।
प्रदर्शन भएको पाँच दिनमा ८१ करोड भारतीय रुपै....

काठमाडौ., फागुन ८ : रणवीर सिंहको फिल्म ‘गली ब्वय’ले बक्स अफिसमा तहल्का मच्चाएको छ ।
प्रदर्शन भएको पाँच दिनमा ८१ करोड भारतीय रुपैयाँ कमाएको छ । पहिलो दिनमै ‘गली ब्वय’ले १९ करोड कमाएको थियो ।
निर्देशक जोया अख्तर र रणवीरको यो दोस्रो फिल्म हो । तीन वर्ष अघि उनीहरुले ‘दिल धडक्ने दो’मा काम गरेका थिए । ‘दिल धडक्ने दो’को लाइफटाइम कलेन्सनभन्दा ‘गली ब्वय’ पाँच दिनमै बढी कमाएको छ । ‘दिल धडक्ने दो’ले ७६ करोड मात्रै कमाएको थियो ।
यसको कमाइ यहि गतिमा अघि बढ्ने विष्लेषकहरुले बताएका छन् । विष्लेषक तरुण आदर्शले ‘गली ब्वय’ले आठ दिनमै एकसय करोड कमाउने दावी गरेका छन् ।
यसमा रणवीरसँगै आलिया भट्टको अभियन रहेको छ ।
प्रकाशित मिति: १४:१३ बजे, बुधबार, फागुन ८, २०७५
प्रतिक्रिया दिनुहोस्
थप समाचार












