Kathmandu Press

अस्पताल निर्माणका लागि निःशुल्क जग्गादान

जुम्ला, फागुन १३ : कनकासुन्दरी गाउँपालिकाले इलाका स्वास्थ्य चौकी हाडसिञ्जामा १५ शैयाको अस्पताल निर्माण प्रक्रिया अगाडि बढाएको छ। सो क्षेत्रमा अस्पताल ....

अस्पताल निर्माणका लागि निःशुल्क जग्गादान

जुम्ला, फागुन १३ : कनकासुन्दरी गाउँपालिकाले इलाका स्वास्थ्य चौकी हाडसिञ्जामा १५ शैयाको अस्पताल निर्माण प्रक्रिया अगाडि बढाएको छ। सो क्षेत्रमा अस्पताल नहुँदा स्थानीयवासी उपचारबाट वञ्चित हुँदै आएका छन्।

अस्पताल भवन निर्माणका लागि स्थानीयले वडा नं ४ हाडसिञ्जामा सात रोपेनी जग्गा निःशुल्क उपलब्ध गराएको इलाका स्वास्थ्य चौकी हाडसिञ्जाका इन्चार्ज वीरेन्द्रप्रसाद उपाध्यायले बताए। रविलाल आचार्य र नाना आचार्यलगायतका स्थानीयले १५ शैयाको अस्पताल निर्माणका लागि निःशुल्क जग्गा उपलब्ध गराएका हुन्। उनका अनुसार २५ देखि ३० लाख रुपैयाँ मूल्य बराबरको उक्त जग्गामा तीन भवन बन्ने छन्। सङ्घीय सरकारको ‘एक स्थानीय तह, एक अस्पताल’ योजनाअन्तर्गत अस्पताल निर्माण गर्न लागिएको उनले बताए। गत माघ २८ गते स्वास्थ्य मन्त्रालयमा निर्माण प्रक्रियाको फाइल दर्ता गराइसकेको उनले बताए। 

Hardik ivf

ल्याबमा चाहिने उपकरण आइसकेको इलाका स्वास्थ्य चौकी हाडसिञ्जाले जनाएको छ। जनस्वास्थ्य प्रयोगशाला टेकुबाट चार लाख रुपैयाँ बराबरको ल्याबमा चाहिने उपकरण स्वास्थ्य चौकीमा पुगिसकेको छ। जुम्लाका आठ स्थानीय तहमध्ये १५ शैयाको अस्पताल निर्माण प्रक्रिया अगाडि बढाउने पहिलो गाउँपालिका भएको उपाध्यायले जिकिर गरे।

उनले अस्पताल बनाउनका लागि प्रक्रियासमेत अगाडि बढिसकेको बताए। उक्त अस्पताल निर्माणपछि गाउँपालिकाभित्रका बिरामीलाई उपचारका लागि घण्टौँ हिँडेर सदरमुकाम पुग्नुपर्ने अवस्था अन्त्य हुनेछ। इलाका स्वास्थ्य चौकी हाडसिञ्जामा अस्पतालमा स्तरोन्नति गरी १५ शैयाको अस्पताल बनाइने भएपछि त्यहाँका स्थानीय खुशी भएका छन्।

प्रकाशित मिति: १२:१६ बजे, मंगलबार, फागुन १३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्