Kathmandu Press

नयाँ च्याटबट ल्याउँदै मेटा, च्याट जिपिटीजस्ता एआई टुललाई चुनौती

नयाँ च्याटबट ल्याउँदै मेटा, च्याट जिपिटीजस्ता एआई टुललाई चुनौती

काठमाडौं, असाेज १३ : फेसबुकको मूल कम्पनी मेटाले नयाँ च्याटबट ल्याउने भएको छ।

मेटाले ल्याउने नयाँ च्याटबट अन्य एआई टुल समान हुने तर विभिन्न सेलिब्रेटीहरूको व्यक्तित्वसँग मिल्नेछ। यसका लागि र्यापर स्नुप डग, एनएफएल स्टार टम ब्रेडी, युट्युबर मिस्टर बिस्ट लगायतका सेलिब्रेटीसँग सहकार्य गरेको छ। 

मेटाको यो एआई टुल प्रारम्भिक चरणमा अमेरिकामा मात्र उपलब्ध हुने छ। त्यस्तै मेटाले प्रयोगकर्तालाई आफूअनुकूलको एआई टुल बनाउन सहयोग गर्ने उद्देश्यले एआई स्टुडियो समेत ल्याउने भएको छ। 

त्यसबाट बनाइने एआई असिस्टेन्ट वा च्याटबटलाई मेटाको विभिन्न मेसेजिङ प्लेटफर्ममा प्रयोग गर्न सकिने जनाइएको छ।
 

प्रकाशित मिति: १५:०८ बजे, शनिबार, असोज १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्