एमाले कर्णाली प्रदेश अधिवेशन : शाही र सिंहले उम्मेदवारी फिर्ता लिए
शनिबार विज्ञप्ति जारी गर्दै शाहीले पार्टीको केन्द्रीय नेतृत्वले अमुक व्यक्तिलाई समर्थन लिएको सूचना पाएपछि उम्मेदवारी फिर्ता लिएको जानकारी दिए।
सुर्खेत, असाेज १३ : एमाले कर्णाली प्रदेश अध्यक्षमा उम्मेदवारी दिएका राजबहादुर शाही र प्रेमबहादुर सिंहले उम्मेदवारी फिर्ता लिएका छन्।
शनिबार विज्ञप्ति जारी गर्दै शाहीले पार्टीको केन्द्रीय नेतृत्वले अमुक व्यक्तिलाई समर्थन लिएको सूचना पाएपछि उम्मेदवारी फिर्ता लिएको जानकारी दिए।
उनले लेखेका छन्, ‘केन्द्रीय नेतृत्वको चाहनाविपरीत निर्वाचित भएर पनि पार्टी निर्माणमा सकारात्मक योगदान नहुने आदि सम्भावनाहरुलाई ध्यान दिँदै आफ्नो उम्मेदवारी फिर्ता लिने निर्णयमा पुगें।’
उनले पहिलो पटक भएको प्रदेशको अधिवेशनबाट अध्यक्ष हुने उत्कट इच्छासहित आफूले मनोनयन दर्ता गरेको बताएका छन्। त्यस्तै, उम्मेदवारी फिर्ता लिन तोकिएको समयको अन्तिममा प्रेमबहादुर सिंहले पनि उम्मेदवारी फिर्ता लिएका हुन् ।
प्रकाशित मिति: १५:०० बजे, शनिबार, असोज १३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











