Kathmandu Press

संशोधित मौद्रिक नीतिले बैंकिङ क्षेत्रनै धरापमा पर्छ : बैंकर संघ

काठमाडौं, फागुन ८ : राष्ट्र बैंकको मौद्रिक नीतिको मध्यावधि समिक्षामा नेपाल बैंकर संघले आपत्ति जनाएको छ ।

बुधबार बिहान बसेको संघको आकस्मिक बै....

संशोधित मौद्रिक नीतिले बैंकिङ क्षेत्रनै धरापमा पर्छ : बैंकर संघ

काठमाडौं, फागुन ८ : राष्ट्र बैंकको मौद्रिक नीतिको मध्यावधि समिक्षामा नेपाल बैंकर संघले आपत्ति जनाएको छ ।

बुधबार बिहान बसेको संघको आकस्मिक बैठकले मौद्रिक नीतिको समिक्षामा परिवर्तन भएका सबै विषयमा आपत्ति जनाएको हो । संघले समिक्षामा राखिएका विषय कार्यान्वयनमा आए बैंकिङ क्षेत्रनै धरापमा पर्ने निष्कर्ष समेत निकालेको छ ।

मौद्रिक नीतिमा गरिएको संशोधनले बैंकको नाफा २५ प्रतिशतसम्म घट्ने निष्कर्ष समेत संघले निकालेको छ । संघले कल डिपोजिट १० प्रतिशतमा झार्ने विषय झनै गम्भीर भएको बताउँदै ब्याजदर अन्तरको गणनाविधि परिवर्तन गर्ने, सेवा शुल्कको व्यवस्था परिमार्जन गर्ने, उत्पादनशिल क्षेत्रमा बेस रेटको दुई प्रतिशत मात्रै प्रिमियम लिन पाउने विषय कार्यान्वयन हुनै नसक्ने जनाएको छ । 

संघले तत्काल नेपाल उद्योग वाणिज्य महासंघलगायत व्यावसायिक संस्थासँग बसेर छलफल गर्ने समेत निर्णय गरेको छ । छलफलपछि राष्ट्र बैंकमा संशोधन भएका विषय कार्यान्वयन नगर्न आग्रह गर्ने समेत निर्णय गरेको छ ।

 

प्रकाशित मिति: १२:१८ बजे, बुधबार, फागुन ८, २०७५
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्