Kathmandu Press

पर्यटन प्रवर्द्धनकाे लागि महोत्सव

काठमाडौं, फागुन १२ : आन्तरिक पर्यटन प्रवर्द्धन तथा धार्मिक, संस्कृतिक सम्पदाबारे जानकारी दिन तनहुँमा महोत्सवको तयारी गरिएको छ।

‘यस पटक....

पर्यटन प्रवर्द्धनकाे लागि महोत्सव

काठमाडौं, फागुन १२ : आन्तरिक पर्यटन प्रवर्द्धन तथा धार्मिक, संस्कृतिक सम्पदाबारे जानकारी दिन तनहुँमा महोत्सवको तयारी गरिएको छ।

‘यस पटकको होली, आउँ है छिम्केश्वरी, छिम्केश्वरी हाम्रो आधार, ग्रामिण पर्यटन विकासको पूर्वाधार’ भन्ने नाराका साथ आगामी फागुन २५ गतेदेखी २७ गतेसम्म छिम्केश्वरी पर्यटन तथा सांस्कृतिक महोत्सव आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

Hardik ivf

महोत्सवका निर्देशक हरिसिङ गुरुङकाअनुसार महोत्सवमा ग्रामीण पर्यटनको विकास तथा स्थानीय उत्पादनको प्रवर्द्धन गरी नेपाल भ्रमण वर्ष २०२० लाई समेत सघाउन पुर्याउने लक्ष्य राखिएको छ । महोत्सवमा विद्यालय स्तरिय कौरा नृत्य प्रतियोगिता, छिम्केश्वरी (घुमाउने) डाउनहील माउण्टेन वाइकिङ प्रतियोगिता, छेलो हान्ने तथा लिङ्गो चढ्ने प्रतियोगिता, पर्यटन विकास सम्बन्धी अन्तरक्रिया, फागु विशेष कार्यक्रमलगायतका गतिविधि हुने उनले बताए । 

कुल ३० वटा स्टल रहने महोत्सवको विशेष आकर्षणको रुपमा छिम्केश्वरी सप्तदेवी दर्शन, स्थानीय खानाका परिकार तथा परम्परागत खेल रहेका छन्।

प्रकाशित मिति: १३:१७ बजे, सोमबार, फागुन १२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्