भक्तपुरमा मिनी ट्रकको ठक्करबाट बालकको मृत्यु
भक्तपुर फागुन १२ : भक्तपुर नगरपालिका–९ च्यामासिंहबाट ब्रम्हायणीतर्फ जाँदै गरेको बा३क ३५८८ नंको मिनी ट्रकको ठक्करबाट एक बालकको मृत्यु भएको छ। भक्....
भक्तपुर फागुन १२ : भक्तपुर नगरपालिका–९ च्यामासिंहबाट ब्रम्हायणीतर्फ जाँदै गरेको बा३क ३५८८ नंको मिनी ट्रकको ठक्करबाट एक बालकको मृत्यु भएको छ। भक्तपुर–१० कमलविनायक बस्ने ११ वर्षीय तिलक मकाजूको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता दीपक गिरीले जानकारी दिए।
ठक्करबाट घाइते भएका मकाजूको जनस्वास्थ्य सेवा केन्द्र भक्तपुरमा उपचार हुन नसकेपछि बी एन्ड बी अस्पताल ग्वार्को ललितपुर लगिएको थियो । उनको उपचारको क्रममा गए राति मृत्यु भएको प्रहरीले जनाएको छ।
ठक्कर दिने ट्रक र चालक सुरेश मगरलाई पक्राउ गरी कारवाही अगाडि बढाइएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १२:४४ बजे, सोमबार, फागुन १२, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गण्डकी मल्टिपल क्याम्पसमा कानुनी सचेतना प्रदान कार्यक्रम आइतबार, मंसिर ९, २०८१
कर्णालीको विकासका लागि सहकार्य हुनुपर्नेमा मुख्यमन्त्रीको जोडशनिबार, मंसिर ८, २०८१
पोखरामा सामुदायिक विद्यालय पढाउने अभिभावकको निःशुल्क स्वास्थ्य बिमाशुक्रबार, मंसिर ७, २०८१
झापाबाट एघार करोडको चिया निर्यातशुक्रबार, मंसिर ७, २०८१