Kathmandu Press

सरकार र शिक्षक महासंघबीच सिंहदरबारमा वार्ता सुरु

सरकार र शिक्षक महासंघबीच सिंहदरबारमा वार्ता सुरु

काठमाडौं, असोज ५ : सरकार र शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकबीच सिंहदरबारमा वार्ता सुरु भएको छ।

बिहीबार साँझ बसेकाे अनाैपचारिक बैठकले आज (शुक्रबार) बिहान ९ बजे औपचािरक बैठक बस्ने टुंगो लगाएको थियाे।

तर दुवै पक्षले आन्तरिक छलफलमा लागेकाले वार्ता समय सारिएको थियो। कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले आज बिहान रक्षा मन्त्रालयमा भएको छलफलमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासँग छलफल गरेका थिए। उनले आजै सकेसम्म वार्ताबाट निष्कर्ष निकाल्न निर्देशन दिएका छन्।

विद्यालय शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासंघले १७ बुँदे माग अघि सारेको छ। सुरूमा आफ्ना मागबारे शिक्षक-कर्मचारीहरूलाई धारणा राख्ने समय दिइएको छ। शिक्षककाे कुरा सुनेपछि सरकारी वार्ता टोलीले आफ्नो धारणा राख्ने बताइएकाे छ।

विद्यालय शिक्षा विधेयकका विभिन्न प्रावधानमा असहमति जनाउँदै असोज ३ गतेदेखि शिक्षक कर्मचारीहरू आन्दोलन गर्दै आएका छन्। आन्दोलनरत शिक्षक महासंघकाे अगुवाइमा आन्दोलन र वार्ता सँगसँगै अघि बढाइएकाे छ। 

प्रकाशित मिति: १५:३८ बजे, शुक्रबार, असोज ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्