Kathmandu Press

कीर्तिपुर खेल मैदानका लागि २८ करोडको ठेक्का अगाडि बढेको छ : कार्यवाहक प्रधानमन्त्री खड्का

शुक्रबार नेपाल क्रिकेट संघ क्यानको निर्वाचन साधारण सभालाई सम्बोधन गर्दै उनले नियामक निकाय र अवान्छित हस्तक्षेप रोकिनु मात्र पर्याप्त नहुने भन्दै पूर्वाधार निर्माण व्यावसायीकरणका लागि लगानीको वातावरण बनाउन आवश्यक रहेको बताएका हुन्।
कीर्तिपुर खेल मैदानका लागि २८ करोडको ठेक्का अगाडि बढेको छ : कार्यवाहक प्रधानमन्त्री खड्का

काठमाडौं, असाेज ५ : कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुुर खड्काले क्रिकेट पूर्वाधार निर्माण व्यावसायीकरणका लागि लगानीको वातावरण बनाउन आवश्यक रहेको बताएका छन्। 

शुक्रबार नेपाल क्रिकेट संघ क्यानको निर्वाचन साधारण सभालाई सम्बोधन गर्दै उनले नियामक निकाय र अवान्छित हस्तक्षेप रोकिनु मात्र पर्याप्त नहुने भन्दै पूर्वाधार निर्माण व्यावसायीकरणका लागि लगानीको वातावरण बनाउन आवश्यक रहेको बताएका हुन्।
 
उनले भने, ‘तमाम चुनौतीका बाबजुद क्रिकेटमा प्राप्त उपलब्धिको रक्षा गर्ने र बढोत्तरी गर्ने मात्र होइन। यसका नियामक निकायमा अवान्छित हस्तक्षेप रोकिनु मात्र पर्याप्त हुँदैन। क्रिकेट पूर्वाधार निर्माण व्यावसायीकरणका लागि लगानीको वातावरण समेत बनाउनुपर्छ।’

उनले कीर्तिपुर खेल मैदानमा भौतिक विकास गर्नका लागि २८ करोडको बहुवर्षीय ठेक्का अगाडि बढेको जानकारी दिए। थप आर्थिक स्रोत जुटाएर दुई वर्षभित्र क्रिकेट मैदान सम्पन्न गर्ने गरी सरकारले नीतिगत निर्णय गरेको उनको भनाई छ।  

उनले भने, ‘कीर्तिपुर खेल मैदानमा भौतिक विकास गर्नका लागि २८ करोडको बहुवर्षीय ठेक्का अगाडि बढेको छ। थप आर्थिक स्रोत जुटाएर दुई वर्षभित्र क्रिकेट मैदान सम्पन्न गर्ने गरी सरकारले नीतिगत निर्णय गरेको छ।’
 
प्रकाशित मिति: १५:३१ बजे, शुक्रबार, असोज ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्