Kathmandu Press

सप्तरीमा बिहुल गाउँपालिकाको ६ भन्दा बढी घरमा चोरी

सप्तरी फागुन १२ : सप्तरीको बलान बिहुल गाउँपालिका–५ रामनगर कोदरकट्टीका ६ भन्दा बढी घरमा चोरी भएको छ। 

भारतीय सीमा जोडिएको उक्त गाउ....

सप्तरीमा बिहुल गाउँपालिकाको ६ भन्दा बढी घरमा चोरी
Hardik ivf

सप्तरी फागुन १२ : सप्तरीको बलान बिहुल गाउँपालिका–५ रामनगर कोदरकट्टीका ६ भन्दा बढी घरमा चोरी भएको छ। 

भारतीय सीमा जोडिएको उक्त गाउँमा गएराती आएका चोरको समूहले स्थानीय अमृतलाल यादव, रुपलाल यादव, इन्द्रदेव यादव, मनिकलाल साह, कारी यादवलगायतको घरबाट बरिब २० लाखभन्दा बढी मूल्य बराबरको धनमाल चोरी गरेको स्थानीय अशोककुमार यादवले जानकारी दिए। 

नगद, गरगहना, भाडाकुँडा, मोबाइललगायतका धनमाल चोरी भएको छ । अशोककुमारले भने, “राति कतिबेला कतिको सङ्ख्यामा चोर आएका थिए, कसैले थाहा पाएनन्, बिहान ४ बजेतिर मात्रै स्थानीयले घटनाबारे थाहा पाएका थिए ।” इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक रामराजा केसरीले चोरीमा संलग्नको खोजी भइरहेको जानकारी दिए। 

प्रकाशित मिति: ११:५५ बजे, सोमबार, फागुन १२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्