गुल्मी जिप दुर्घटना, विद्युत् प्राधिकरणका ७ कर्मचारी घाइते
गुल्मी, फागुन ११ : गुल्मीको गुल्मी दरवार गाउँपालिका २ जुभुङको अर्थुङमा जीप दुर्घटना हुँदा सात जना घाइते भएका छन् । आइतबार तम्घासबाट जुभुङ जादै गरेको ल....
गुल्मी, फागुन ११ : गुल्मीको गुल्मी दरवार गाउँपालिका २ जुभुङको अर्थुङमा जीप दुर्घटना हुँदा सात जना घाइते भएका छन् । आइतबार तम्घासबाट जुभुङ जादै गरेको लु १ च ६७०१ नम्बरको जिप सडकबाट ५० मिटर तल खसेको थियो।
दुर्घटनामा नेपाल विद्युत प्राधिकरण गुल्मीमा कार्यरत पदम थापा, गोविन्द रिजाल, लोकबहादुर खत्री, दिलिप रेश्मी, दोजराज राई, भुमिश्वर कुवँर र शेरबहादुर सोमै घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
घाइते सवैको उद्धार गरी उपचारका लागि लुम्बिनी मेडिकल कलेज पाल्पा पठाइएको छ। प्राधिकरणको टोली जुहाङ खैरेनीको ट्रान्सफर्मरमा समस्या आएपछि मर्मतको लागि हिडेको थियो।
प्रकाशित मिति: १६:२४ बजे, आइतबार, फागुन ११, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कर्णालीको विकासका लागि सहकार्य हुनुपर्नेमा मुख्यमन्त्रीको जोडशनिबार, मंसिर ८, २०८१
पोखरामा सामुदायिक विद्यालय पढाउने अभिभावकको निःशुल्क स्वास्थ्य बिमाशुक्रबार, मंसिर ७, २०८१
झापाबाट एघार करोडको चिया निर्यातशुक्रबार, मंसिर ७, २०८१
जटिल रोग लागेका बिरामीलाई लुम्बिनी प्रदेशको दुई लाख सहयोगशुक्रबार, मंसिर ७, २०८१