Kathmandu Press

टोखाका तीनसय कुकुरलाई रेविज विरुद्धको ‘भ्याक्सिन’

काठमाडौं, फागुन ११ : टोखा नगरपालिकाले तीन सय घरपालुवा तथा छाडा कुकुरलाई रेविज विरुद्धको ‘भ्याक्सिङ’ दिइएको छ। 

नगरपालिकाका ....

टोखाका तीनसय कुकुरलाई रेविज विरुद्धको ‘भ्याक्सिन’

काठमाडौं, फागुन ११ : टोखा नगरपालिकाले तीन सय घरपालुवा तथा छाडा कुकुरलाई रेविज विरुद्धको ‘भ्याक्सिङ’ दिइएको छ। 

नगरपालिकाका पशु सेवा अधिकृत तीर्थबहादुर कार्कीले नगरपालिकाभित्रका छाडा कुकुर नियन्त्रणका लागि काठमाडौँ एनिमल टिटमेन्ट सेन्टरको सहकार्यमा कुकुर बन्ध्याकरण ‘भ्याक्सिङ’ कार्यक्रम सञ्चालन गरेको जानकारी दिए । “छाडा कुकुरबाट हुने ‘वर्थ कन्ट्रोल’का लागि ५५ पोथी कुकुरलाई बन्ध्याकरण गरेका छौँ,” उनले भने। एक कुकुरको बन्ध्याकरणका लागि छ हजार रुपैयाँ लाग्ने गरेको छ।

चालू आर्थिक वर्षमा तीन सय ५० पोथी कुकुरको बन्ध्याकरण गरिने कार्कीले बताए । नगरपालिकाभित्रका छाडा पशुपन्छी संरक्षणका लागि ‘कान्जि हाउस’ निर्माणसमेत गरिने भएको छ । कान्जि हाउस निर्माणका लागि जग्गा खोजीकार्य भइरहेको नगरपालिकाले जनाएको छ।

कान्जी हाउस निर्माणका लागि वागमती प्रदेश सरकारले ७५ लाख रुपैयाँ बजेट सो नगरपालिकालाई उपलब्ध गराइसकेको छ । चालू आर्थिक वर्षमा नगरपालिकाभित्र पालन गरिएका पशुपन्छीका लागि पाँचलाखको औषधि तथा भिटामीन वितरण गरिएको छ । यस्तै बेलाबेलामा बधशाला र मासु पसलसमेतको अनुगमन गरेको पशु शाखा प्रमुख कार्कीले बताए ।

नगरपालिकाले ११ क्वीन्टल हिउँदे घाँसको बीउ किसानलाई वितरण गर्नुका साथै वर्ड फ्लुसम्बन्धी अन्तर्क्रिया कार्यक्रम सञ्चालन गरेको नगरपालिकाले जनाएको छ।

प्रकाशित मिति: १३:११ बजे, आइतबार, फागुन ११, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्