Kathmandu Press

सिन्धुपाल्चोकमा करेन्ट लागेर एकको मृत्यु, एक घाइते

सिन्धुपाल्चोक, फागुन ११ :  सिन्धुपाल्चोकमा करेन्ट लाग्दा एक पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् । मृत्यु हुनेमा भ....

सिन्धुपाल्चोकमा करेन्ट लागेर एकको मृत्यु, एक घाइते

सिन्धुपाल्चोक, फागुन ११ :  सिन्धुपाल्चोकमा करेन्ट लाग्दा एक पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् । मृत्यु हुनेमा भोटेकोशी गाउँपालिका–४ शिरिसेको २२ वर्षीय सार्की शेर्पा रहेकोा छन् । त्यस्तै, बाह्रबिसे नगरपालिका–१ घोर्थलीका पप्पु गुरुङ घाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।

शिरिसेस्थित चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रो पावर कम्पनीले इन्टरनेटको तार तान्न प्रयोग गरेको फलामे पोल ढलेर विद्युत्को मुख्य प्रशारण लाइनमा परेको र झुक्किएर पोल छुन पुग्दा पैदलयात्रीलाई करेन्ट लागेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइते गुरुङको बाह्रबिसेस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । 

प्रकाशित मिति: १३:०० बजे, आइतबार, फागुन ११, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्