Kathmandu Press

कुखुरा फार्ममा आगलागी हुँदा १० लाख क्षति

कञ्चनपुर, फागुन ११ : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ असैनामा रहेको कुखुरा फार्ममा आगलागी हुँदा १० लाख रुपैयाँ भन्दा बढीको क्षति भएको छ । स्था....

कुखुरा फार्ममा आगलागी हुँदा १० लाख क्षति

कञ्चनपुर, फागुन ११ : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ असैनामा रहेको कुखुरा फार्ममा आगलागी हुँदा १० लाख रुपैयाँ भन्दा बढीको क्षति भएको छ । स्थानीयवासी किष्ना भण्डारीले सञ्चालन गर्दै आएको फार्ममा शनिबार विद्युत् चुहिएर आगलागी हुँदा बेच्न तयारी अवस्थाका राखिएका चार हजार कुखुरा र तीन हजार चल्ला जलेर नष्ट भएको हो। 

कमाइ खाने  सहारा फार्म थियो उनले भने, 'जलेपछि निकै ठूलो घाटा व्यहोर्नुपरेको छ, पुनः फार्म सञ्चालन गर्ने पूँजी छैन, परिवारको खर्च केले चलाउने भन्ने पिरलो छ ।' आगो स्थानीय, दमकल र प्रहरीको सहयोगमा नियन्त्रणमा आएको थियो।

भण्डारीले सात वर्षदेखि सो व्यवसाय गर्दै आएका थिए । नगरप्रमुख दिलबहादुर ऐरलगायतका जनप्रतिनिधिले फार्मको अनुगमन गरी क्षतिपूर्तिका लागि पहल गर्ने अश्वासन दिएका छन्।

प्रकाशित मिति: ११:३१ बजे, आइतबार, फागुन ११, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्