Kathmandu Press

दाङमा मल र विषादी छर्न ‘ड्रोन’ प्रयोग 

दाङ, फागुन ११ : अब मल र विषादी छर्न ड्रोनको प्रयोग गरिने भएको छ । प्रदेश नं ५ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले पहिलो पटक मल र विषादी छर्ने....

दाङमा मल र विषादी छर्न ‘ड्रोन’ प्रयोग 

दाङ, फागुन ११ : अब मल र विषादी छर्न ड्रोनको प्रयोग गरिने भएको छ । प्रदेश नं ५ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले पहिलो पटक मल र विषादी छर्ने ड्रोन भित्र्याइ दाङको बेलझुण्डीमा शनिबारदेखि शुरु भएको प्रदेश एक्स्पोमा राखेको छ। 

आधुनिक शैलीबाट खेती गर्न उक्त ड्रोन भित्र्याएको प्रदेश नं ५ का भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री आरती गिरीले जानकारी दिइन् । 'हामीले कृषिमा आधुनिकीकरण गर्न खोजिरहेका छौँ, हामीले अहिले मल र विषादी छर्नका लागि ड्रोन भित्र्याएका छौँ', उनले भनिन, 'यसले किसानलाई धेरै सहजता ल्याउँछ।'

 ड्रोनबाट मल तथा विषादी छर्ने प्रविधि सबै किसानको घरमा पुर्‍याउने मन्त्रालयले योजना बनाएको जनाइएको छ ।  एक्स्पोमा प्रदेशमा उत्पादन भएका कृषिजन्य वस्तु पनि राखिएको छ। 

प्रकाशित मिति: ११:२५ बजे, आइतबार, फागुन ११, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्