खप्तड क्षेत्रमा हिमपात
डोटी, फागुन ९ : बिहीबार रातिदेखिको मौसममा आएको परिवर्तनका कारण डोटीलगायत सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली जिल्लामा बिहानैदेखि हिमपात शुरु भए....

डोटी, फागुन ९ : बिहीबार रातिदेखिको मौसममा आएको परिवर्तनका कारण डोटीलगायत सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली जिल्लामा बिहानैदेखि हिमपात शुरु भएको छ । योसहित यहाँका पहाडी जिल्लामा छैटौँपटक हिमपात भएको हो।
सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तडमा मात्रै आज बिहानदेखि हिमपात शुरु भएको खप्तडमा तैनाथ रहेको नेपाली सेनाको गुरुगोरख गुल्मले जनाएको छ । गत माघ २० गते परेको हिउँ पग्लिन नपाउँदै फेरि आज हिमपात भएपछि जनजीवन प्रभावित बनेको खप्तड राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ।
बझाङ, बाजुरा तथा अछामका उच्च लेकाली क्षेत्रमा पनि आज बिहानदेखि हिमपात शुरु भएको छ । खप्तडस्थित झिग्राना, पानीखाल, शिखर, गोवडालेक, बडीकेदारथानलगायतका उच्च पहाडी क्षेत्रमा हिमपात भएपछि चिसो बढेको छ।









-(86)-1764936079.jpg)


-1764760320.jpg)