Kathmandu Press

जुवा खेल्दै गरेका प्रधानाध्यापकसहित आठ पक्राउ

झापा, फागुन ९ : सामुदायिक विद्यालयका प्रधानाध्यापकसहित झापाको गौरादह नगरपालिकाबाट प्रहरीले आठ जनालाई जुवा खेलिरहेको अवस्थाबाट पक्राउ गरेको छ।

<....
जुवा खेल्दै गरेका प्रधानाध्यापकसहित आठ पक्राउ

झापा, फागुन ९ : सामुदायिक विद्यालयका प्रधानाध्यापकसहित झापाको गौरादह नगरपालिकाबाट प्रहरीले आठ जनालाई जुवा खेलिरहेको अवस्थाबाट पक्राउ गरेको छ।

गौरादाह नगरपालिका–९ स्थित दिनेश पोखरेलेको घरमा जुवा खेल्दै गरेको अवस्थामा स्थानीय अमर माध्यमिक विद्यालयका प्रधानाध्यापक गोपाल पोखरेलसहित ज्ञानेन्द्र ढकाल, जयप्रसाद गौतम, रामबहादुर ढुङ्गाना, महेश निरौला, रोहित बस्नेत, नेत्र पोखरेल र गोपाल ढकाललाई प्रहरीले पक्राउ गरेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठका अनुसार स्थानीयले दिएको सुचनाको आधारमा उनीहरुलाई बिहीबार राति इलाका प्रहरी कार्यालय झिलझिलेको प्रहरी टोलीले पक्राउ गरेको हो । जुवा खालबाट प्रहरीले ९१ हजार तीन सय ८० रुपैयाँ र सात वटा मोबाइल बरामद गरेको छ। 

प्रकाशित मिति: १३:०४ बजे, शुक्रबार, फागुन ९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्