Kathmandu Press

चल्लासहित ट्रक नियन्त्रणमा

सिरहा, फागुन ९ : प्रहरीको गस्ती टोलीले अवैध कुखुराको चल्लासहित मिनीट्रक नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको  टोलीले गए ....

चल्लासहित ट्रक नियन्त्रणमा
Hardik ivf

सिरहा, फागुन ९ : प्रहरीको गस्ती टोलीले अवैध कुखुराको चल्लासहित मिनीट्रक नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको  टोलीले गए राति गोलबजार नगरपालिका ४ बाट करिब एक लाख ४१ हजार एक सय २० रुपैयाँ मूल्य बराबरको करिब दुई हजार अवैध चल्लासहितको ट्रक नियन्त्रणमा लिएको हो। 

बा २ च ३५४१ नम्बरको मिनी ट्रकबाट चल्ला ल्याइरहेको गोप्य सूचनाको आधारमा सो ट्रकलाई नियन्त्रणमा लिइएको र आवश्यक कारवाहीका लागि जिल्ला भन्सार कार्यालय पठाउन  लागिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए।

यस्तै प्रहरीको टोलीले सिरहाको लहान नगरपालिका–१६ तरेगना गोविन्दपुरस्थित मगरटोलमा चार हजार लिटर कच्चा घरेलु मदिरा नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले एक हजार तयारी मदिरा नष्ट गरेको प्रहरी निरीक्षक सुमित कुशवाहाले जानकारी दिए।

प्रकाशित मिति: १२:०५ बजे, शुक्रबार, फागुन ९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्