Kathmandu Press

बाजुरामा चार रेक्टरको भूकम्प

बाजुरा, फागुन ८ : बाजुरामा गएराति चार दशमलव ३ रेक्टरको भूकम्प गएको छ।

जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका र हुम्ला जिल्लाको सिमान....

बाजुरामा चार रेक्टरको भूकम्प
Hardik ivf

बाजुरा, फागुन ८ : बाजुरामा गएराति चार दशमलव ३ रेक्टरको भूकम्प गएको छ।

जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका र हुम्ला जिल्लाको सिमानामा केन्द्रबिन्दु बनाइ बुधबार राति ९ बजेर १३ मिनेटमा भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ। 

भूकम्पले के कति क्षति भयो, यसको विवरण नआएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टङ्कप्रसाद भट्टराईले जानकारी दिए । उनले  भूकम्पले क्षति पु¥याएको छ, छैन खबर गर्न मातहतलाई  निर्देशन दिएको बताए । भूकम्पछि भागदौडसमेत भएको बताइएको छ। 

प्रकाशित मिति: १३:५८ बजे, बिहीबार, फागुन ८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्