महाधिवेशनले नयाँ नेतृत्व चयन गर्छ : डा कोइराला
उदयपुर, फागुन ८ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेपाली कांग्रेसको आगामी चौधौँ महाधिवेशनले केन्द्रीय नेतृत्व परिवर्तन गर्ने....

उदयपुर, फागुन ८ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेपाली कांग्रेसको आगामी चौधौँ महाधिवेशनले केन्द्रीय नेतृत्व परिवर्तन गर्ने बताएका छन् ।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति उदयपुरद्वारा बुधबार आयोजित तीनदिने जिल्ला पार्टी सुदृढीकरण तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले लोकतन्त्र सुदृढीकरणमा कांग्रेसको भूमिका अहम रहने र लोकतन्त्र रहेमात्र विकास हुने बताए ।
पार्टी गुठउपगुठको कारण कमजोर बन्न नहुनेमा जोड दिँदै उनले सरकारले दम्भको राजनीति गरेमा लोकतन्त्र सङ्कटमा पर्नसक्ने बताए ।
केन्द्रीय सदस्यद्वय गुरुराज घिमिरे र बद्री पाण्डेले पार्टीलाई पुरानै अवस्थामा पुर्याउन कार्यकर्ता एकजुट भई लाग्नुपर्ने बताए । काँग्रेस उदयपुरका अध्यक्ष विदुरबाबु बस्नेतले पार्टी सुदृढीकरणमा प्रशिक्षणले सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।












