Kathmandu Press

ब्रोकरको लाइसेन्स बैंकलाई दिने प्रक्रिया रोकिदैंन: बोर्ड अध्यक्ष कार्की

काठमाडौं, फागुन ७ : नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीले बैंकलाई ब्रोकर लाइसेन्स दिने प्रकृया अगाडी बढेको जनाएका छन् । संघीय स....

ब्रोकरको लाइसेन्स बैंकलाई दिने प्रक्रिया रोकिदैंन: बोर्ड अध्यक्ष कार्की

काठमाडौं, फागुन ७ : नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीले बैंकलाई ब्रोकर लाइसेन्स दिने प्रकृया अगाडी बढेको जनाएका छन् । संघीय संसदको अर्थसमितिमा मंगलवार संसदहरुको प्रश्नको जवाफ दिदैं कसैको पनि दवावमा अव बैंकलाई ब्रोकर लाइसेन्स दिने प्रक्रिया नरोकिने बताएका छन् । 

समितिले मंगलबार पुँजी बजारसम्बन्धी छलफलका लागि सरोकारवालाहरु सबैलाई बोलाएको बैठकमा ब्रोकरका अगाडि नै कार्कीले रोक्ने प्रयास भएपनि अव नरोकिने बताए । ‘बैंकसँग प्रतिस्पर्धा गर्न डराएर ब्रोकरहरुले बैंकलाई ब्रोकर लाइसेन्सको विरोध गरेका हुन,’ कार्कीले भने ।   हाल सेयर कारोबार गर्ने ब्रोकरको संख्या ५० वटा रहेका छन् । ब्रोकर कम्पनीहरुले बैंकलाई लाइसेन्स नदिन लविङ गर्दै आएका छन् । 

ब्रोकर कम्पनीहरु २ करोड मात्रै चुक्ता पुँजी भएकोले शाखा खोलेर सेयरको दोस्रो बजारमा जोखिम मोल्न सरकारले नसक्ने समेत समितिमा बताएका छन् ।  उनले बैंकलाई ब्रोकर लाइसेन्स वितरण गरेपछि ७५३ स्थानीय तहबाटै सेयर कारोबार गर्न सकिने उनले बताए ।  

समितिमा बोल्दै अर्थमन्त्रालयका सचिव राजन खनालले सरकार पुँजी बजार विस्तार गरेर विकास निर्माणको काम अगाडी बढाउन लागि परेको बताए । अहिल सरकारले छरिएर रहेको पुँजी एक ठाऊमा ल्याउने भनको पुँजी बजार बाटै भएकोले सरकार त्यही पक्षमा रहेको समेत प्रष्ट पारेका छन् । छलफलमा लगानीकर्ताहरु संघ संस्थाका प्रतिनिधीहरुले सरकारले पुँजी बजारमा ध्यान नदिएको आरोप लगाएका थिए । 


 

प्रकाशित मिति: १७:०४ बजे, मंगलबार, फागुन ७, २०७५
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्