शहीदको सपना पूरा गर्ने जिम्मा जनप्रतिनिधि र कर्मचारीको काँधमा छ : मुख्यमन्त्री राउत
जनकपुरधाम, फागुन ७ : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीयताको पहिलो खुड्किलो नै प्रजातन्त्र भएको बताएका छन् । ७० औं प्रजातन्त्र दिवसको अवसरमा....

जनकपुरधाम, फागुन ७ : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीयताको पहिलो खुड्किलो नै प्रजातन्त्र भएको बताएका छन् । ७० औं प्रजातन्त्र दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रममा उनले लोकतन्त्रको उच्चतम विन्दु संघीय गणतन्त्र आइसकेको अवस्थामा शहीदले देखाएको बाटोमा जनप्रतिनिधि हिँड्नुपर्ने बताए । शहीदले देखेको समृद्धि र विकासको सपना पूरा गर्ने जिम्मा जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीको काँधमा रहेको भन्दै उनले सबैले इमान्दारिताका साथ काम गर्नुपर्ने धारणा राखे ।
उनले विभिन्न झुटा मुद्दाका कारण जेल जीवन बिताइरहेका योद्धाहरुको मुद्दा फिर्ता लिन संघीय सरकारलाई आग्रहसमेत गरेका छन् ।
प्रकाशित मिति: १४:१७ बजे, बुधबार, फागुन ७, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार












