Kathmandu Press

स्ववियु निर्वाचन स्थगनप्रति नेविसंघको आपत्ति 

काठमाडौं, फागुन ७ : स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थागित गरिएकोमा नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ....

स्ववियु निर्वाचन स्थगनप्रति नेविसंघको आपत्ति 

काठमाडौं, फागुन ७ : स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थागित गरिएकोमा नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आपत्ति जनाएको छ।

नेविसंघका महामन्त्री दिपक भट्टराईले सरकार र त्रिभुवन विश्वविद्यालयले षड्यन्त्रपूर्ण विद्यार्थी युनियनको अस्तित्व समाप्त पार्न निर्वाचन स्थगित गरेको बताएका छन्। त्रिभुवन विश्वविद्यालयले विद्यार्थी संगठनको सहमतिमै अर्को निर्णय नभएसम्मका लागि भन्दै मंगलबार स्ववियू निर्वाचन स्थगित गरेको थियो।

बुधबार विज्ञप्ति जारी गरी महामन्त्री भट्टराईले त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्बन्धमा विद्यार्थी संगठनसँग कुनै छलफल नगरेको  बताएका छन विद्यार्थी युनियनको स्थापना कालमा अग्रजहरुको बगाएको रगत र पसिनाको अस्तित्व जोगाउनका लागि जस्तो सुकै मुल्य चुकाउन नेविसंघ तयार रहेको विज्ञप्तिमा उल्लेख छ।

लोकतन्त्र र स्वतन्त्रताको मुल्य मान्यताहरुमाथि धावा बोल्दै आएको सरकार र त्रिभुवन विश्वविद्यालयको स्वार्थ मिलेका कारण विद्यार्थी संगठनलाई दोष दिएर स्ववियु निर्वाचन स्थगित गरिएको विज्ञप्तिमा उल्लेख छ। सरकार र त्रिभुवन विश्वविद्यालयको यस्तो हर्कतविरुद्ध लोकतन्त्रवादी विद्यार्थीहरुलाई गोलबन्द हुन नेविसंघले आग्रह गरेको छ।

प्रकाशित मिति: १२:४९ बजे, बुधबार, फागुन ७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्