Kathmandu Press

मिर्गौला प्रत्यारोपणको तयारी गर्दै प्रधानमन्त्री

काठमाडौं, फागुन ७ : प्रधानमन्त्री केपी शर्मा ओलीले मिर्गौला प्रत्यारोणको तयारी थालेका छन्।

त्यसकै तयारीका रुपमा उनी मंगलबार त्रिवि शिक्षण अस....

मिर्गौला प्रत्यारोपणको तयारी गर्दै प्रधानमन्त्री
फाइल फाेटाे

काठमाडौं, फागुन ७ : प्रधानमन्त्री केपी शर्मा ओलीले मिर्गौला प्रत्यारोणको तयारी थालेका छन्।

त्यसकै तयारीका रुपमा उनी मंगलबार त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा पुगेका हुन्। चिकित्सकहरूका अनुसार, मिर्गौला प्रत्यारोपणको एक महिना अघि विभिन्न स्वास्थ्य परीक्षण गर्नुपर्छ। त्यहि सिलसिलामा प्रधानमन्त्री ओली मंगलबार ट्रान्सप्लान्ट सेन्टर पुगेका हुन्।

प्रधानमन्त्री ओलीको मंगलबार एन्जियोग्राफी गरिएको छ। एन्जियोग्राफीको रिपोर्ट सन्तोषजनक रहेको जनाएको छ। उनको १२ वर्ष अघि भारतमा मिर्गौला प्रत्यारोपण गरिएको थियो। अहिले समस्या आएको छ। जसले गर्दा तीन महिनादेखि डायलासिस गर्दै आएका छन्। सात महिना अघि सिंगापुरमा समेत उपचार गरिएको थियो।

नियमित डायलासिस गर्दा असर गर्न थालेपछि मिर्गौला प्रत्यारोपण गर्नुपर्ने निष्कर्षमा पुगेका हुन्। यसका लागि चिकित्सकहरूले तयारी थालेका छन्। मिर्गौला प्रत्यारोपण अघि गर्नुपर्ने स्वास्थ्य परीक्षण गर्न थालिएको हो।

बालुवाटार स्रोतका अनुसार, प्रधानमन्त्री ओलीको एक महिनाभित्र मिर्गौला प्रत्यारोण गर्ने तयारी गरिएको छ। उनको नेपाल वा विदेशमा कहाँ मिर्गौला प्रत्यारोपण गराउने एकीन भएको छैन।

 

प्रकाशित मिति: ११:०० बजे, बुधबार, फागुन ७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्