Kathmandu Press

‘खाग’को ट्रेलर रिलिजसँगै समिक्षकलाई पुरस्कारको घोषणा

काठमाडौं, फागुन ७ : फिल्म प्रमोसनको नयाँ तरिकासँगै ‘खाग’को ट्रेलर रिलिज गरिएको छ ।

ट्रेलर रिलिज कार्यक्रममा फिल्म ‘रिभ्यू&....

‘खाग’को ट्रेलर रिलिजसँगै समिक्षकलाई पुरस्कारको घोषणा

काठमाडौं, फागुन ७ : फिल्म प्रमोसनको नयाँ तरिकासँगै ‘खाग’को ट्रेलर रिलिज गरिएको छ ।

ट्रेलर रिलिज कार्यक्रममा फिल्म ‘रिभ्यू’ प्रतियोगिताको पनि घोषणा गरिएको छ । जस्सा दर्शकले फिल्म हेरेर रिभ्यू पठाउँनु पर्ने छ । इ–सेवाको सहकार्यमा गरिने प्रतियोगितामा उत्कृष्ट रिभ्यूलाई १० हजार पुरस्कार दिइने छ । त्यस्तै, द्वितीयलाई पाँच र तृतीयलाई दुई हजार पाँच सय रुपैयाँ पुरस्कार प्रदान गरिने जनाएको छ ।

Hardik ivf

यो फिल्ममा गैंडा संरक्षणका लागि गरिएको प्रयासलाई समेटिएको छ । लेखक कमलजंग कुवँरको किताव ‘गैंडालाई चार वर्ष’बाट प्रेरित फिल्ममा त्यसबाहेक थुप्रै विषय समेटिएको निर्देशक मनोज पण्डितले बताए ।

फिल्म ‘कन्टेन्ट’ अभिमुखी हुनु पर्ने बताउँदै निर्देशक पण्डितले ‘खाग’मा स्टार कलाकार नभए पनि रामो फिल्म बनेको दावी गरे ।

यसमा प्रवीण खतिवडाको मुख्य भूमिका छ । ‘लुट’का नायक खतिवडा ‘खाग’मा एक्सन भूमिकामा देखिएका छन् । ट्रेलरमा गैंडा तस्करविरुद्ध उनले गर्ने संघर्ष देखाइएको छ ।
यसमा निर्देशक पण्डित, पुस्कर गुरुङ, अशान्त शर्माको पनि अभियन रहेको छ ।

ट्रेलरसँगै यसको पोस्टर पनि सार्वजनिक गरिएको छ । प्रमिला कुँवरले निर्माण गरेको फिल्म फागुन २४ मा प्रदर्शन हुने छ ।

प्रकाशित मिति: १४:१९ बजे, मंगलबार, फागुन ७, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्