Kathmandu Press

भरतपुर महानगरपालिकालाई धूम्रपानरहित बनाइने

चितवन फागुन ६ : भरतपुर महानगरपालिकालाई धूम्रपानरहित शहर बनाइने भएको छ । आगामी डिसेम्बरमा विशेष समारोहबीच औपचारिक रुपमा धूम्रपानरहित शहर घोषणा गर्ने तय....

भरतपुर महानगरपालिकालाई धूम्रपानरहित बनाइने

चितवन फागुन ६ : भरतपुर महानगरपालिकालाई धूम्रपानरहित शहर बनाइने भएको छ । आगामी डिसेम्बरमा विशेष समारोहबीच औपचारिक रुपमा धूम्रपानरहित शहर घोषणा गर्ने तयारी महानगरपालिकाले थालेको छ । 
 
महानगर प्रमुख रेनु दाहालका अनुसार महानगरलाई धूमपानरहित शहर घोषणा गर्न समिति निर्माण गरी हरेक महिनाको एक दिन बैठक बसेर गृहकार्य शुरु गरिएको छ । गत साता इण्डोनेशियाको बोगर नगरमा भएको कार्यक्रममा प्रमुख दाहालले भरतपुर महानगरलाई ‘स्मोक फ्री सिटी’ बनाउने प्रतिबद्धता गरेकी थिइन् । 

भरतपुर महानगरपालिकाले विभिन्न सञ्चारमाध्यममा सूचना प्रकाशन गरी महानगरभित्र सुर्तीजन्य पदार्थको प्रयोग तथा बिक्री वितरणमा निषेध गरिएको जनाएको छ । 

Hardik ivf

प्रमुख दाहालका अनुसार सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐनको दफा ४ अनुसार भरतपुर महानगरपालिका सार्वजनिक स्थल, सरकारी कार्यालय, शिक्षण संस्था, सार्वजनिक सवारीसाधन, बालगृह, सार्वजनिक शौचालय, उद्योग कलकारखाना, मनोरञ्जन स्थल, होटल रेष्टुरेन्ट, खेलकूदस्थल, व्यवसायस्थल, धार्मिकस्थल, सार्वजनिक सवारीसाधन, प्रतीक्षालय, तथा धूम्रपान र सुर्तीजन्य पदार्थ सेवन गर्न पूर्णत निषेध गरिएको छ । होटल रेष्टुरेन्टमा तोकिएको स्थानमा मात्र धूमपान गर्न पाइनेछ ।  

तोकिएको स्थानमा पनि अठार वर्ष उमेर नपुगेका व्यक्ति र गर्भवतीलाई सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न वा गर्न लगाउन नपाइने व्यवस्था महानगरले गरेको छ । महानगरले लगाएको नियमविरुद्ध जाने जो कसैलाई पनि कानूनबमोजिम सजाय हुने महानगर प्रमुख दाहालको भनाइ छ । 

प्रकाशित मिति: १३:१९ बजे, मंगलबार, फागुन ६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्