अछाम कारागारमा कैदी मृत अवस्थामा फेला
अछाम, फागुन ६ : जिल्ला कारागार अछाममा सुतेको अवस्थामा एक कैदी मृत भेटिएका छन् । कर्तव्य ज्यान मुद्दामा कैद भुक्तानी गरिरहेका पञ्चदेवल–विनायक नगर....

अछाम, फागुन ६ : जिल्ला कारागार अछाममा सुतेको अवस्थामा एक कैदी मृत भेटिएका छन् । कर्तव्य ज्यान मुद्दामा कैद भुक्तानी गरिरहेका पञ्चदेवल–विनायक नगरपालिका–६ तोलिका ४२ वर्षीय जितेन्द्र विक कारागारभित्रै मृत भेटिएका हुन् ।
मंगलबार बिहान ढिलोसम्म उहाँ नउठेपछि अन्य कैदीबन्दीले हेर्दा मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए । मृतकका आफन्तलाई बोलाइएको र आफन्त आइसकेपछि शवपरीक्षण गरिने प्रहरीले जनाएको छ । मृत्युको कारण खुल्न नसकेको र अन्य अवस्थाबारे अनुसन्धान भइरहेको भारतीले बताए ।
कर्तव्य ज्यान मुद्दामा २०६६ भदौमा जेल परेका विकले १० वर्ष ६ महिना कैद भुक्तानी गरिसकेका र जेलबाट छुट्न सिफारिस हुने क्रममा रहेका थिए ।









-(86)-1764936079.jpg)


-1764760320.jpg)