सामूहिक बलात्कारमा संलग्न तीन पक्राउ
भैरहवा, फागुन ६ : रुपन्देहीको सङ्मगसरी गाउँपालिकामा आइतबार राति १६ वर्षीया किशोरीको सामूहिक बलात्कार भएको छ ।
गाउँमा महायज्ञ चलिरहेको समयमा ....

भैरहवा, फागुन ६ : रुपन्देहीको सङ्मगसरी गाउँपालिकामा आइतबार राति १६ वर्षीया किशोरीको सामूहिक बलात्कार भएको छ ।
गाउँमा महायज्ञ चलिरहेको समयमा घरमै बसिरहेकी किशोरीलाई नजिकैको निर्माणधिन भवनमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ । सोमबार इलाका प्रहरी कार्यालय मर्चवारमा पीडितका आफन्तले दिएको जाहेरीको आधारमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार पक्राउ परेका युवा तीनै जना २२ देखि २३ वर्ष उमेर समूहका छन् । घटनाबारे थप जानकारी अनुसन्धानपछि मात्र दिइने प्रहरीले जनाएको छ ।
किशोरीको भैरहवास्थित भीम अस्पतालमा उपचार भइरहेको छ ।
प्रकाशित मिति: ११:४२ बजे, मंगलबार, फागुन ६, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-(86)-1764936079.jpg)


-1764760320.jpg)