नारायणगढ-मुग्लिन सडक चार घन्टापछि सञ्चालन
चितवन, फागुन ६ : नारायणगढ–मुग्लिन सडक चार घन्टापछि सञ्चालनमा आएको छ।
आज बिहान दुर्घटना हुँदा सडक अवरुद्ध भएको थियो। बिहान ४ः३० बजे चित....
चितवन, फागुन ६ : नारायणगढ–मुग्लिन सडक चार घन्टापछि सञ्चालनमा आएको छ।
आज बिहान दुर्घटना हुँदा सडक अवरुद्ध भएको थियो। बिहान ४ः३० बजे चितवनको इच्छाकमना गाउँपालिका–६ जलवीरेमा मुग्लिनबाट नारायणगढतर्फ जाँदै गरेको ना ५ ख ४०३ नम्बरको मिनी ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ना ८ ख ६९८० नम्बरको गिट्टी बोकेको टिपर एकापसमा ठोक्किएका थिए।
दुर्घटनामा परेका सवारी साधन त्यहिँ तेर्सिएपछि सडक अवरुद्ध भएको थियो।
क्रेनको सहायताबाट सडकमा तेर्सिएका मिनी ट्रक र टिप्पर हटाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। प्रहरीका अनुसार, अवरोध हटाएपछि बिहान ८ः३० देखि सडक सञ्जानमा आएको हो।
दुर्घटनामा मिनी ट्रकका चालक सामान्य घाइते भएका थिए। घाइते चालकलाई उपचारका लागि काठमाडौँ लगिएको छ भने टिपर चालक प्रहरीको नियन्त्रणमा छन्।