कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १७ सयभन्दा माथि
काठमाडौं, फागुन ५ : चीनमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७० हजार पाँच सय ४८ पुगेको छ । भाइरस संक्रमणको कारण एक हजार सात सय ७० जनाको मृत्य....

काठमाडौं, फागुन ५ : चीनमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७० हजार पाँच सय ४८ पुगेको छ । भाइरस संक्रमणको कारण एक हजार सात सय ७० जनाको मृत्यु भएको छ । आइतबारमात्र हुवेई प्रान्तमा एक सय, हेनानमा तीन र गुआङडङ प्रान्तमा तीन जनाको मृत्यु भएको हो । आइतबारमात्रै दुई हजार ४८ जना नयाँ बिरामी भेटिएका छन् ।
चीनले आइतबार एक तथ्य जारी गर्दै भनेको छ, 'तीन दिनदेखि नयाँ संक्रमितको संख्यामा कमी आएको छ । निको भएर घर फर्किने संख्या पनि बढेको छ । आइतबार एक हजार चार सय २५ जना डिस्चार्ज भएका छन् ।'
चिनियाँ स्वास्थ्य आयोगका अनुसार हालसम्म १० हजार आठ सय ४४ बिरामी निको भएर घर फर्किसकेका छन् । अहिलेसम्म पाँच लाख ४६ हजार १६ जना संक्रमणको नजिक रहेको र एक लाख ५० हजार पाँच सय ३९ जना चिकित्सकको निगरानीमा रहेका छन् ।
नोभेम्बरको अन्तिममा हुवेई प्रान्तको वुहानबाट फैलिएको कोरोना विश्वका २६ मुलुकमा देखिएको छ ।












