Kathmandu Press

कोरोना सङ्क्रमण : दुई हजार नयाँ विरामी, १६ सयको मृत्यु

बेइजिङ, फागुन ४ : चीनमा फैलिएको कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या आइतबारसम्ममा एक हजार ६ सय ६५ पुगेको छ ।

चिनियाँ स्वास्थ्य अधिकारीहरुले दिएको जानकारी....

कोरोना सङ्क्रमण : दुई हजार नयाँ विरामी, १६ सयको मृत्यु

बेइजिङ, फागुन ४ : चीनमा फैलिएको कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या आइतबारसम्ममा एक हजार ६ सय ६५ पुगेको छ ।

चिनियाँ स्वास्थ्य अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो एकै दिनमा थप १ सय ४२ जनाको मृत्यु भएको हो । 

उनीहरुले कोरोनाको सङ्क्रमण थप दुई हजार नौ जनामा देखिएको पनि जानकारी दिएका छन् । सङ्क्रमितहरु चीनका ३१ वटा प्रान्तका रहेका छन् ।

Hardik ivf

थप मृत्यु भएका मध्ये १ सय ३९ जना हुवेइ प्रान्तका रहेका छन् भने सिचुवान प्रान्तका दुई र हुनान प्रान्तका एक जना रहेका छन् । 

चिनियाँ स्वास्थ्य आयोगका अधिकारीहरुले शनिबार मात्रै थप १९ सय १८ जना नयाँ सङ्क्रमणको आशंका गरेका छन् । 

सङ्क्रमितमध्ये २ सय १९ जना शनिबार थप गम्भीर विरामी भएका छन् भने १३ सय २३ जना स्वास्थ्यमा सुधार आएपछि घर फर्किएका छन् । 

कोरोना भाइरसबाट सङ्क्रमित हुनेहरुको कुल संख्या अहिलेसम्म ६५ हजार ५पाँच सय पुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।  
  
उनीहरुले ११ हजार २ दुई सय ७२ जनाको अवस्था सुधार उन्मुख रहेको बताएका छन् । त्यसैगरी ८ हजार २२८ जनामा आशंका गरिएको छ । 

सङ्क्रमित भएर उपचार गराइएका मध्ये अहिलेसम्म ९४ हजार १९ जना उपचारपछि घर फर्किएका छन् । आयोगले ५ लाख २९ हजार ४ सय १८ विरामी नियमित सम्पर्कमा रहेको जनाएको छ ।   

यो भाइरसको सङ्क्रमण सन् २०१९ को डिसेम्बरमा चीनको उहानबाट देखिन थालेको हो भने यसको पहिचान पहिलो पटक डिसेम्बर ३१ मा भएको थियो ।  

प्रकाशित मिति: १४:२६ बजे, आइतबार, फागुन ४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्