आजबाट २५ सय डलर सटही सुविधा पाइने
नेपाल राष्ट्र बैंकको विदेशी विनियम व्यवस्थापन विभागले जारी गरेको एकिकृत पत्रनुसार आजबाट भारत बाहेक अन्य मुलुकको भ्रमणमा जाने नेपाली नगरिकतहरुले राहादानी पापत प्रति पटक २५ सय डलर बराबरको परिवर्त्य विदेशी मुद्रासम्म सटही सुविधा पाउनेछन्।
काठमाडौं, साउन १२ : नेपाल राष्ट्र बैंकबाट साउन ७ गते जारी मौद्रिक नीतिअन्तर्गतको २५ सयसम्म डलर सटही सुविधा पाउने व्यवस्था आजबाट कार्यान्वयनमा आएको छ।
नेपाल राष्ट्र बैंकको विदेशी विनियम व्यवस्थापन विभागले जारी गरेको एकिकृत पत्रनुसार आजबाट भारतबाहेक अन्य मुलुकको भ्रमणमा जाने नेपाली नगरिकतहरुले प्रतिपटक २५ सय डलर बराबरको परिवर्त्य विदेशी मुद्रासम्म सटही सुविधा पाउनेछन्। यस्तो सुविधा एक वर्षमा २ पटकसम्म पाइनेछ।
मौद्रिक नीति जारी हुनुअघि १ पटकमा १५ सय विदेशी परिवर्त्य मुद्रा बराबरको सटही सुविधा पाउँदै आएका थिए।
राष्ट्र बैंकले जारी गरेको सर्कुलर अनुसार साउन १२ गतेभन्दा अगाडी सटही सुविधा लिई विदेश भ्रमणमा गएका राहादानी बाहक नेपालीलाई परिवर्तित व्यवस्थानुसार अधिकतम २५०० डलर बराबरको सटही सुविधा दिन बाध्य नहुने बताइएको छ।
प्रकाशित मिति: १३:४२ बजे, शुक्रबार, साउन १२, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












